मास्क लगाएर बालुवाटारमा नेकपा सचिवालयको बैठक समापन -ओलीलाई बधाई, समीक्षालाई धन्यवाद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मास्क लगाएर बालुवाटारमा नेकपा सचिवालयको बैठक समापन -ओलीलाई बधाई, समीक्षालाई धन्यवाद


५ चैत्र २०७६, बुधबार


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई, चिकित्सक र मृगौलादातालाई धन्यवाद दिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसको नेकपा सचिवालय बैठकमा मृगौलाको सफल प्रत्यारोपणको लागि प्रधानमन्त्रीलाई बधाई, चिकित्सक र मृगौलादाता समीक्षा सङ्ग्रौलालाई धन्यवाद दिएको हो ।

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री आलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा सङ्ग्रौलाले मृगौला दिएकी थिइन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाको सङ्क्रमणलाई मध्यनजर गरी एसइई परीक्षा रोक्नेलगायतका निर्णय गरेकोप्रति बैठकले प्रशंसा गरेको जनाएका छन् ।

बैठकमा सबै सचिवालय सदस्यहरूले मास्क लगाएका थिए । अस्पतालबाट डिस्चार्ज हुँदा र राष्ट्र बिचको भिडियो कन्फरेन्सका लागि प्रधानमन्त्रीको कार्यालय सिंहदरवार आउँदासमेत मास्क नलगाएका प्रधानमन्त्री ओलीले बुधवारको बैठकमा मास्क लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस