२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीबाट चार घर जलेर नष्ट

अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले हात्तीटारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

केटाकेटीले खेलाउँदै गरेको आगो हावाले उडाएर घरमा पुग्दा स्थानीयवासी लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो ।

आगलागीमा झनबहादुरको अनुमानित रु आठ लाख, लोकेन्द्रको रु पाँच लाख, जोखेको रु पाँच लाख र सीतादेवीको करीब रु चार लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट विस्थापितलाई आज नगरपालिकाले खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको छ ।

आगलागी पीडितलाई नगरपालिकाका तर्फबाट प्रतिघर २० केजीका दरले चामल, दाल, नून, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बललगायत राहत सामग्री प्रदान गरिएको नगर प्रमुख इवन राईले बताए। सल्लेस्थित वडास्तरीय विपत् व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्निपीडित प्रतिपरिवार रु तीन हजारका दरले राहत रकमसमेत प्रदान गरेको जनाइएको छ ।

स्थानीय दूधकोशी युवा क्लबले पनि आगलागीबाट विस्थापित परिवारलाई अस्थायी आवास एवं खाद्यान्न सहयोग गरेको छ । आगलागीमा धनमाल नष्ट भएपछि स्थानीयवासीको बिचल्ली भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मङ्गलबार अपराह्न भएको आगलागी स्थानीयवासीले साँझ मात्र नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस