१० लाख थान मास्कसहित पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

१० लाख थान मास्कसहित पक्राउ


५ चैत्र २०७६, बुधबार


काठमाडौं । निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको र गएराति उक्त टोलीले सुरज आर्केडबाट एक हजार ६०० थान स्यानिटाइजर तथा काठमाडौँ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस