२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोबजारीविरुद्ध प्रहरी कठोर बन्ने

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताएका छन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ आयोजना गरेको ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले कोभिड-१९ को त्रास देखाएर केही व्यापारीले कालोबजारी गरेको भन्दै त्यसका विरुद्ध नेपाल प्रहरी लाग्ने विश्वास व्यक्त गरे ।

“विपद्का बेला सहयोगका साथ अगाडि बढ्नुपर्नेमा केही व्यवसायी र विचौलिया अत्यावश्यक सामग्रीलाई कृत्रिम अभाव खडा गर्न लागेका छन्, त्यस्ता व्यापारीविरुद्ध प्रहरीले निर्दयी भएर कारवाही अगाडि बढाउँछ”, उनले भने । एक नेपालीले अर्कौ नेपालीलाई ठग्ने प्रवृत्तिको अन्त्य गरिने उनको भनाइ थियो ।

उनले ठमेललाई शान्त र सुरक्षित बनाउन स्थानीय समुदायको सहकार्यमा प्रहरी अगाडि बढ्ने बताए । सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी लागिरहेको उनको भनाइ थियो ।

नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले अपराधमुक्त समाज निर्माणका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।

काठमाडौँ महानगरपालिका–१७ का वडाध्यक्ष नवीन मानन्धरले प्रहरीसँग सहकार्य गरेर समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीय सरकारले प्रहरीलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोल, समाजसेवी देवेन्द्र रिमाल, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङलगायतले समाजमा हुने अपराध नियन्त्रणमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही अवसरमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति तथा सङ्घसंस्थालाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस