नेकपाको सचिवालय बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपाको सचिवालय बैठक बस्दै


५ चैत्र २०७६, बुधबार


काठमाडौँ । सत्तारुढ दल नेकपाले आज(बुधवार) सचिवालय बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बसेको बैठक दुई अध्यक्षबिचको छलफलपछि आज बस्ने भएको हो ।

बैठक बोलाउन प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच मङ्गलवार बालुवाटारमा छलफल भएको थियो। पार्टी एकताका बाँकी काम, उपाध्यक्ष गौतमका सन्दर्भमा सचिवालयले गरेको निर्णय र कोरोना भाइरस सङ्क्रमणलगायत विषयमा भएको छलफलपछि दुवै अध्यक्ष बैठक बोलाउने निष्कर्षमा पुगेको एक नेताले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस