२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा

अ+ अ-

दैलेख । चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् ।

दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन् ।

आज बिहान पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अहिले सोही विषयलाई लिएर छलफल भइरहेको जानकारी दिए ।

भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई दैलेख आएको पाइएको छ । उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए । भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीन प्रहरीसहित चार जनाको टोली दैलेख आएको हो ।

भारत, हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीन प्रहरीसहितको चार जनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । भारतमा काम गर्दै आएका दैलेखका एक युवक झण्डै रु ५० लाख चोरी गरी फरार भएपछि खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् ।

“उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छौ,” प्रहरी निरीक्षक आचार्यले भने, “भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन, उनीहरु हाम्रो सम्पर्कमा आफैँ आएका हुन् ।”

प्रदेश नं ५ र कर्णाली प्रदेश हुैदै सदरमुकाममा भारतीय प्रहरी सूचना र अनुमतिविना नेपाल आउनु आपत्तिजनक भएको नेपाल मजदूर किसान पार्टीका जिल्ला कमिटी सचिव लक्ष्मी विकले बताए ।

प्रतिक्रिया दिनुहोस