राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सञ्चालन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सञ्चालन


४ चैत्र २०७६, मंगलबार


कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकाका १९ वटै वडामा विवरण दर्ता कार्य शुरु भएको छ ।

विवरण दर्ताका लागि ९१ विवरण दर्ता अपरेटर छनोट गरी परिचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणप्रसाद उपाध्यायका अनुसार १९ वटा घुम्ती केन्द्रमार्फत विवरण दर्ताको कार्य सञ्चालन गरिएको छ । जिल्लामा परिचयपत्रका लागि एक लाख ९८ हजार नागरिकको विवरण दर्ता गर्ने लक्ष्य लिइएको छ ।

“हालसम्म जिल्लामा १० हजार २६५ जनाको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भई एक हजार ६०० बायोमेट्रिक स्मार्टकार्ड कार्यालयमा प्राप्त भएको छ” सहायक प्रजिअ उपाध्यायले भने ।

भीमदत्त नगरपालिका–१८ बाट विवरण दर्ता अभियानको शुभारम्भ गरिएको छ । जेष्ठ नागरिक ८४ वर्षीय खिमानन्द कँडेल, ७२ वर्षीय नन्दादेवी पाण्डेय र निजामती कर्मचारी मानबहादुर बोहरालाई परिचयपत्र हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक जीतेन्द्र बस्नेत र निर्देशकद्वय शिवराज जोशी र सुवास ढकालले संयुक्त रुपमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस