बरामद मास्क बेच्न प्रहरीलाई निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बरामद मास्क बेच्न प्रहरीलाई निर्देशन


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले प्रहरीलाई कालोबजारी गर्न खोज्ने व्यापारीबाट बरामद गरेको मास्क बेच्न निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बजारमा मास्कको अभाव भएपछि मास्कको कृत्रिम अभाव गराउने विरुद्ध प्रहरीले उपत्यकाका विभिन्न क्षेत्रमा छापा मारेर ठुलो परिमाणमा मास्क नियन्त्रणमा लिएको थियो ।

सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर मास्कको लिलामी हुन केही महिना लाग्ने भएपछि महान्यायधिवक्ताअग्‍नीप्रसाद खरेलले बरामद भएका मास्कको बजार मूल्य, नमुना र फोटोसहितको डिजिटल अभिलेख मिसिलमा राखेर बजार मूल्य अनुसार प्रहरीलाई बेच्न निर्देशन दिएका हुन् ।

मास्क बेचेको रकम प्रहरीको धरौटी खातामा राख्न समेत महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ ।

महान्यायाधिवक्ता खरलेद्वारा प्रहरीलाई निर्देशन दिइएको पत्रमा भनिएको छ,’बरामद मास्कहरूको मुद्दाको कारबाहीको क्रममा मुद्दा हेर्ने निकायमा दसी स्वरूप पेस गर्दा बजारमा मास्कको अभाव भइरहने र अहिलेको विषम परिस्थितिमा यसको प्रयोग गर्न नसकिने अवस्था हुने हुँदा बृहत् सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिई उक्त अपराध अनुसन्धानको क्रममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७५को दफा २७ अनुसार निर्देशन दिइएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस