कोरानाबाट बच्‍न नमस्ते गरौँ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरानाबाट बच्‍न नमस्ते गरौँ : प्रधानमन्त्री ओली


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) बाट बच्न नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् ।

कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) को सदस्य मुलुकबिचका सरकार प्रमुख तथा प्रतिनिधिबिच भएको भिडियो कन्फरेन्समा सम्बोधन गर्दै उनले हात मिलाउनुको साटो नमस्ते गर्ने प्रचलनलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती राजकुमार चार्ल्सदेखि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसम्मले नमस्ते गरेर कोभिड-१९ को सङ्क्रमणबाट बच्न आग्रह गरिरहेका बेला सार्क राष्ट्र बिचका सरकार प्रमुखहरूबिच भएको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत नमस्ते गर्न भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस