कपनबाट डेढ लाख मास्क बरामद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कपनबाट डेढ लाख मास्क बरामद


२ चैत्र २०७६, आइतबार


काठमाडौँ। प्रहरीले डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको छ ।

कपन क्षेत्रमा प्रहरीले चलाएको अपरेसनका क्रममा केही व्यक्तिसहित ठुलो सङ्ख्यामा मास्क बरामद गरेको हो ।

कोरोनाको सङ्क्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेला काठमाडौँमा मास्कको कृतिम अभाव सिर्जना गर्ने विरुद्ध प्रहरीले तीव्र रूपमा अपरेसन चलाएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौँले शनिवार मात्रै ७८ हजार मास्कसहित ८ जना पक्राउ गरेको थियो ।

कोरोनाको सङ्क्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै प्रहरी आक्रामक बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस