पर्सामा विद्युत चोरी गर्ने १७ जना पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पर्सामा विद्युत चोरी गर्ने १७ जना पक्राउ


२ चैत्र २०७६, आइतबार


काठमाडौं । पर्सामा विद्युत चोरी गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।

विद्युतको मुख्य तारमा हुक लगाइ विद्युत चोरी गरेको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाबाट ९, पटेर्वासुगौली गाउँपालिकाबाट ४, पर्सागढी नगरपालिकाबाट २, बहुदरमाई नगरपालिकाबाट १ र बिन्दबासीनी गाउँपालिकाबाट १ जना गरी जम्मा १७ जना पक्राउ परेका हुन् ।

विशेष सूचनाको अधारमा पर्सा प्रहरी र नेपाल विधुत प्राधिकरण पोखरिया शाखाको संयुक्त गस्ती टोलीले शनिबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस