सभामुख सापकोटा र श्रीलंकाली राजदूतबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटा र श्रीलंकाली राजदूतबीच भेटवार्ता


२ चैत्र २०७६, आइतबार


काठमाडौं । नेपालका लागि श्रीलंकाका राजदूत र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

राजदूत हिमाली सुभासिनी अरुनातिलकाले आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेर शिष्टाचार भेट गरेकी हुन् । भेटमा राजदुत अरुनातिलकाले सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।

भेटमा सभामुख सापकोटाले नेपाल र श्रीलंकाबीच ६३ बर्षदेखि कुटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै दुई देशबीच साँस्कृतिक सम्बन्ध सुदृढ रहेको चर्चा गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस