निजामती सेवा ऐनको गाँठो फुकेन, तेस्रो पटक समय मागे मन्त्री त्रिपाठीले « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निजामती सेवा ऐनको गाँठो फुकेन, तेस्रो पटक समय मागे मन्त्री त्रिपाठीले


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । लामो समयदेखि संसद्को राज्य व्यवस्था समितिमा रोकिएको संघीय निजामती सेवा ऐनको गाँठो फुक्न अझै समय लाग्ने भएको छ ।

संघीय निजामती सेवा विधेयकका टुंगिन बाँकी विषयमा आइतबार भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले राजनीतिक तहमा पनि छलफल गरिरहेको भन्दै थप समय मागेपछि समितिको बैठक पाँच गतेसम्मका लागि स्थगित भएको छ ।

यसअघि पहिलो पटक तीन दिन र त्यसपछि थप केही समय मागेका मन्त्री त्रिपाठीले तेस्रो पटक थप समय मागेका हुन् ।

आजको बैठकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघबाट खटाउने कि प्रदेशको हुने भन्ने विषयमा छलफल भएको थियो । तर सहमतिमा आउन नसकेपछि बैठक स्थगित भएको छ ।

विधेयकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघको हुने व्यवस्था छ

Tags :
प्रतिक्रिया दिनुहोस