कृषि अनुदानमा चरम दुरुपयोग भएपछि कार्यक्रम स्थगन गर्दै मन्त्रालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कृषि अनुदानमा चरम दुरुपयोग भएपछि कार्यक्रम स्थगन गर्दै मन्त्रालय


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वार्षिक कार्यक्रममै परेका आधा दर्जन कृषि अनुदानसम्बन्धी कार्यक्रम स्थगनको तयारी गरेको छ ।

अनुदान वितरणका कार्यक्रम प्रतिफलमुखी नभएको र अनुदानकै दुरुपयोग भएको पाइएपछि कृषिमन्त्री घनश्याम भुषालले अनुदानका कार्यक्रम तत्कालका लागि रोक्न निर्देशन दिएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै कृषि उद्यम गर्न चाहनेलाई प्रोत्साहित गर्न भन्दै सरकारले ५० करोड रुपैयाँको कृषि व्यवसायमा युवा नामक कार्यक्रम घोषणा गर्दै प्रस्तावका आधारमा रकम विनियोजन गर्ने र पहिलो वर्ष ५ सय नमुना फार्म विकास गर्ने लक्ष्य थियो ।

गएको मंसिरबाटै कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको भएपनि खर्च सम्बन्धी कार्यविधि र निर्देशिकाको कानुनी आधारमाथि नै संसदमा प्रश्न उठेपछि मन्त्रालयले अघि बढाउन सकेको थिएन ।

विगतमा कृषि अनुदानको दुरुपयोग भएको हुँदा उत्पादनपश्चात् अनुदानका कार्यक्रम लैजान विज्ञहरुले सरकारलाई सुझाएका छन् । आधा दर्जन विदेशी लगानीमा सञ्चालित परियोजनाको अनुदान के गर्ने भन्ने विषयमा मन्त्रालय छलफलमै छ । यसअघि नै कृषि मन्त्री भुषालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा शीतघर सम्बन्धी योजनाको ठेक्का तोड्न निर्देशन दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस