असिना र हावाहुरीसहित वर्षाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असिना र हावाहुरीसहित वर्षाको सम्भावना


१ चैत्र २०७६, शनिबार


काठमाडौँ । आज देशका अधिकांश भूभागको मौसममा पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिवार देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना समेत रहेको छ।

यस्तै शनिवार राति देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ। देशका पश्चिमी भूभागका थोरै स्थानहरूमा साथै मध्य तथा पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस