महोत्तरीमा वन माहुरीको टोकाइबाट घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महोत्तरीमा वन माहुरीको टोकाइबाट घाइते


प्रशासन संवाददाता

३० फाल्गुन २०७६, शुक्रबार


जलेश्वर । महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले टोक्दा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीयवासी अरविन्द यादव, सोनु यादव, विक्की यादव, सचिन्द्र यादव, सुजित यादव र अशोक यादव रहेका छन् ।

जीउभरि सयौँको सङ्ख्यामा वन माहुरीले टोकेर घाइते बनाएका सबै जनाको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस