२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत भ्रमणमा नेपाली नागरिकलाई कुनै रोक छैन : भारत सरकार

अ+ अ-

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड १९) को बढ्दो प्रकोपलाई बिचार गरी सबै खाले भ्रमण भिसामा रोक लगाए पनि नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव नपार्ने भएको छ ।

शुक्रबार भारतीय राजदूतावासले भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाइ उद्रिद गर्दै जारी गरेको विज्ञप्तीमा नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव पार्ने छैन भनिएको छ ।

भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी ‘रिभाइज्ड ट्राभफल एडभाइजरीु र अध्यागमन विभागद्वारा जारी ‘भिसा रेस्ट्रिक्सन रिलेटेड टु कोभिड-१९’ का सम्बन्धमा यी उपायहरु नितान्त जनस्वास्थ्य तथा सुरक्षासँग सम्बन्धित छन् ।

हाललाई यी उपायहरुले हवाई तथा स्थल मार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर गर्ने छैन । अर्को शब्दमा नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव पार्ने छैन, उल्लेख छ ।

‘पछिल्लो समय विश्वव्यापी रुपमा फैलिदै गएको कोभिड–१९ ले जनस्वास्थ्य तथा सुरक्षामा निम्त्याएको जटिलतालाई ध्यानमा राख्दै, विदेशी एवम् भारतीय नागरिकहरु भारत प्रवेश गर्दा र भारतबाट बाहिरिदा अपनाउनु पर्ने केही स्वास्थ्य सुरक्षा उपायहरु लागू गरिएका छन् ।

भारतीय तथा विदेशी नागरिकको यात्रा तथा आवतजावतमा न्यूनतम असुविधा कायम गरी उहाँहरुको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्नु नै सो स्वास्थ्य सुरक्षा कदमको मुख्य अभिप्राय हो । समयक्रमसँगै प्रकोपको अवस्था हेरी यी उपायहरुको निरन्तर समीक्षा गरिने’ विज्ञप्तिमा उल्लेख छ ।

तर सबै नाकाहरुमा स्वास्थ्य परीक्षणलाई थप प्रबल बनाइनेछ र भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोभिड–१९ को लक्षण देखिएमा वा माथि परिपत्रमा उल्लिखित कोभिड–१९ प्रभावित ७ राष्ट्रहरुमध्ये कुनै एकको हालै भ्रमण गरेको पाइएमा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिनेछ, शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाक भाइरसको संक्रमण विश्वव्यापी भएको घोषणा गरेसँगै भारतको सो निर्णय बिहिबार आएको थियो । भारतको सो निर्णयको कार्यान्वयन शुक्रबारबाट हुने त्यो अप्रिल १५ तारिक सम्म कायम रहने छ ।

प्रतिक्रिया दिनुहोस