२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राउटर मात्रै छन्, इन्टरनेट चल्दैन

अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको एक सय तीन वटा वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य संस्था, विद्यालय र अन्य सरकारी कार्यालयमा पनि इन्टरनेट सेवा छैन ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र आसपासका अधिकांश विद्यालयमा इन्टरनेट सुविधा छैन । नेपाल दूरसञ्चार प्राधिकरणले दाबी गरेजस्तो निःशुल्क इन्टरनेट सेवा उपलब्ध नभएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले निःशुल्क इन्टरनेट प्रभावकारी नभएको बताए । भोटेकोशी, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी र पाँचपोखरी थाम्पाल गाउँपालिकामा इन्टरनेट सुविधा जडान नै गरिएको छैन । गाउँपालिका कार्यालय, वडा र केही माध्यमिक विद्यालयले आफ्नै खर्चमा इन्टरनेट सञ्चालन गरेका छन् ।

बाह्रबिसे नगरपालिकाको विद्यालय, स्वास्थ्य चौकी र अन्य सरकारी कार्यालयमा इन्टरनेटको राउटर जडान भए पनि टावरका कारण सिग्नल नै आउँदैन । ती सरकारी कार्यालयलाई आवश्यक पर्दा बाह्रबिसे बजारमा आएर निजी इन्टरनेटबाट काम गर्नुपर्ने अवस्था छ ।

दूरसञ्चार प्राधिकरण बाह्रबिसेले लिसङ्खुपाखर गाउँपालिकाको सबै सरकारी कार्यालय र विद्यालयलाई सीडीएमएको इन्टरनेट जडान गरिदिएको छ । तर निकै सुस्त भएकाले दिनभर चलाउँदा पनि एउटा फाइल डाउनलोड हुँदैन ।

मेलम्ची नगर, जुगल र इन्द्रावती गाउँपालिकामा दुई वर्षअघि जडान गरिएका इन्टरनेटका राउटर काम नलाग्ने भएका छन् । ुसूचना केन्द्र स्थापनाका लागि दूरसञ्चार प्राधिकरणसँग एक वर्षदेखि अनुरोध गरेको छु । तर आजसम्म कुनै सेवा प्राप्त भएनु, गाउँपालिका महासङ्घका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए ।

हेलम्बु गाउँपालिकामा टावर आउने ठाउँमा सबै सरकारी कार्यालय र विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध रहेको अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

निःशुल्क इन्टरनेट सेवाबारे सोधपुछ गर्दा नेपाल दूरसञ्चार प्राधिकरण महसुल काउण्टर शाखा चौताराका प्रमुख तेजकृष्ण श्रेष्ठले यसबारे केही थाहा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस