सरकारले पर्यटक भिसा नदिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारले पर्यटक भिसा नदिने


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । तर कहिलेबाट कहिले सम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोक दर्शन रेग्मी नेतृत्वको कार्यान्वयन समितिले गर्नेछ ।

विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)ले कोरोना भाइरस(कोभिड १९) लाई महामारीको घोषणा गरेसँगै बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको सङ्क्रमण विश्वभर फैलिएसँगै सरकारले सुरुमा पाँच र थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण नभएको प्रमाणपत्र पेस गरेपछि मात्र सम्बन्धित देशको दूतावासमार्फत भिसा लिनुपर्ने र नेपालमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।

तर बुधवार डब्लूएचओले कोरोना भाइरसले महामारीको रूप लिएको घोषणा गरे लगतै अमेरिकाले बेलायतबाहेक युरोपेली देशबाट यात्रा रोक लगाएको छ भने भारतले पनि १५ अप्रिलसम्म पर्यटन भिसा नदिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस