कोरोना संक्रमणको आशंकामा बुटवलमा एक जनालाई अस्पतालमा भर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमणको आशंकामा बुटवलमा एक जनालाई अस्पतालमा भर्ना


२९ फाल्गुन २०७६, बिहिबार


बुटवल । कोरोना भाइरस संक्रमणको आशंकामा बुटवलमा एक जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

२१ वर्षका एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

डा.थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसंग मिल्दाजुल्दा लक्षणहरु देखिएका छन् । ‘तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ’ थापाले भने ‘भोलि नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौं ।’

विदेशी नागरिकबाट उनमा संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस