प्रधानमन्त्रीको स्वास्थ्य सामान्य « प्रशासन
Logo ३१ आश्विन २०७८, आइतबार
   

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको नवौँ दिन आज उनको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छन् ।

त्रिवि शिक्षण अस्पतालमा उनको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ । उनको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहार लिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेका छन् । प्रधानमन्त्री ओलीलाई चिकित्सक र परिवारको परामर्शमा केही दिनमा निवास फर्काइने तयारी छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले आज उनीलाई पहिलो पटक भेटेकी छन् । यसअघि बुधबार घर फर्कनुपूर्व भाञ्जी सङ्ग्रौलाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस