२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल श्रम आप्रवासन प्रतिवेदन सार्वजनिक

अ+ अ-

काठमाडौं । सरकारले श्रम आप्रवासनको विविध आयामलाई समेटेर ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रामेश्वर राय यादवले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

मुख्यतः पाँच भागमा छुट्याइएको प्रतिवेदनमा श्रम आप्रवासन अवस्थाको सिंहावलोकन, वैदेशिक रोजगार संक्षिप्त परिचय, नेपालमा श्रम आप्रवासनको सुशासन, क्षेत्रगत मुद्दाहरु र सुधारका क्षेत्रलाई विस्तृतमा अध्ययन गरिएको छ ।

प्रतिवेदनले श्रम आप्रवासनका क्षेत्रमा राष्ट्रिय, द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी तहमा नेपालले शुरुआत गरेको सुधारका प्रयासलाई समेटिएको छ । तथ्यमा आधारित नीति निर्माणको महत्वलाई प्राथमिकता दिँदै प्रतिवेदनले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका आधारमा नेपालको श्रम आप्रवासनको प्रवृत्तिको विस्तृतमा विश्लेषण गरिएको छ ।

प्रतिवेदनले श्रम आप्रवासनको सम्भावना तथा चुनौतीलगागत विभिन्न पक्षमा बृहत् जानकारी प्रस्तुत गरेको छ । श्रम आप्रवासनका क्षेत्रमा गर्नुपर्ने सुधारको सम्बन्धमा प्रतिवेदनले सुझावसमेत दिएको छ । सरकारका विभिन्न निकायको उपलब्ध तथ्याङ्क र श्रम आप्रवासनको विभिन्न सुधार प्रयासको विस्तृत समीक्षाको आधारमा प्रतिवेदन तयार गरिएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री यादवले प्रतिवेदनले दिएको सुझावले श्रम आप्रवासन क्षेत्रमा भावी योजना बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे। उनले प्रतिवेदनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

मन्त्रालयका सचिव विनोद केसीले नेपालमै रोजगारी सिर्जना गर्ने विषयलाई पनि प्रतिवेदनमा समेटिएको बताए । वैदेशिक रोजगारीका क्षेत्रमा सुशासनको कमी छ भन्ने विषयलाई प्रतिवेदनले औँल्याएको उल्लेख गर्दै उनले कमजोरी सुधारका निमित्त सुझावसमेत दिएको बताए । प्रतिवेदन तयार गर्न श्रम सचिव केसीको संयोजकत्वमा सरोकारवाला सहभागी निर्देशक समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस