विप्लव समूहको कब्जाबाट बालिकाको उद्धार, हातहतियार सहित १४ कार्यकर्ता पक्राउ « प्रशासन
prasaLogo
२९ फाल्गुन २०७६, बिहीबार

विप्लव समूहको कब्जाबाट बालिकाको उद्धार, हातहतियार सहित १४ कार्यकर्ता पक्राउ


प्रकाशित मिति : 12 March, 2020 6:09 pm

काठमाडौं । बालिका अपहरणको आरोपमा प्रहरीले विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको छ ।

धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीले बालिकाको पनि उद्धार गरेको छ ।

बुधबार साँझ ५ बजे अपहरणमा परेकी मोक्तानको बिहीबार ३ बजेतिर उद्दार भएको हो ।

विप्लव समूहले ती बालिकालाई लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए ।

हातहतियार सहित  विप्लव समूहका कार्यकर्ताको साथबाट ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस