एजेन्सी । चीनले कोरोना भाइरसको प्रकोप समाप्त भएको जनाएको छ ।
बिहीबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलन आयोजना गर्दै चीनमा कोरोना भाइरस(कोभिड–१८)को प्रकोप सकिएको जानकारी दिएका हुन् ।
पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएपछि यस्तो घोषणा आएको हो । चीनले पछिल्लो समय बिरामी निको भएको भन्दै १६ वटा अस्थायी अस्पतालहरु बन्द गरिसकेको छ ।
चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत विश्वभर फैलन थालेको छ ।
हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् । साथै कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि पनि चीन नै बनेको छ ।