गण्डकी प्रदेशसभाको बैठक स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशसभाको बैठक स्थगित


२९ फाल्गुन २०७६, बिहिबार


पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगित भएको हो ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्ना साथ कांग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सभामा बोल्दै सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा आवश्यकता औँल्याए । अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस