राष्ट्रिय स्वाधीनताका विषयमा फसाउन खोजियो : महरा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय स्वाधीनताका विषयमा फसाउन खोजियो : महरा


२९ फाल्गुन २०७६, बिहिबार


चन्द्रौटा । पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताएका छन् ।

गृह जिल्ला दाङ पुगेर फर्कंने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा कार्यकर्तासगँको भेटमा महराले अदालतले आफूलाई दिएको सफाई नागरिकप्रतिको सम्मान भएको बताए ।

‘मलाई राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो’, उनले भने, ‘म माथि झुठो आरोप लगाइयो ।’ महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढामगर, नेकपा नेता शिवराज नगरकमिटीलगायत पार्टी कार्यकर्ताले स्वागत गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस