पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ ।

शेर्माको बुधबार ललितपुरस्थित निदान अस्पतालमा डायलासिसको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

७६ वर्षीय शेर्मा लामो समयदेखि मिर्गौलाको उपचार चलिरहेको थियो । उनको पार्थिव शरीर बुधबार लगनखेलस्थित पाटन अस्पताल लगिने र भोलि अन्तिम संस्कार गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस