बाँस्कोटाको घरमा बम विस्फोट पछि उच्च पदस्थको सुरक्षामा संयुक्त सुरक्षा टोली खटाउने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाँस्कोटाको घरमा बम विस्फोट पछि उच्च पदस्थको सुरक्षामा संयुक्त सुरक्षा टोली खटाउने निर्णय


२८ फाल्गुन २०७६, बुधबार


ललितपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्नो क्षेत्रमा बसोबास गर्ने उच्च पदस्थ व्यक्ति र संस्थाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले विभिन्न घटनाका आरोपित व्यक्तिहरूको बसोबास क्षेत्रका साथै उनीहरूको निवास र सम्बद्ध संस्थाको सुरक्षाका लागि संयुक्त सुरक्षा फौज खटाउने निर्णय गरेको हो।

भक्तपुरको बालकोटस्थित पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै बम विस्फोट गरिएसँगै जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बुधवार बिहान बाँस्कोटाको भक्तपुरस्थित बालकोटको घर नजिकै बिहान पौने आठ बजेतिर बम विस्फोट भएको थियो । प्रहरीले घटनामा विप्लव समूहको संलग्नता रहेको पुष्टिसँगै भ्रष्टाचार मुद्दामा मुछिएका लम्बोदर न्यौपाने संस्थापक रहेको नेपाल इन्जिनियर कलेज सहितका क्षेत्रमा सुरक्षा फौजको संख्या बढाएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही थालेका विभिन्न व्यक्तिको निवास र संस्थाका साथै महत्त्वपूर्ण सरकारी कार्यालयहरूको सुरक्षा मजबुत बनाउने निर्णय भएको प्रशासन स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस