२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : ७३ अङ्कले बढ्यो नेप्से

अ+ अ-

काठमाडौं । मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.३३ प्रतिशतले बढेर ३०४.६९ मा पुगेको छ । आज नेप्से ५.४७ र सेन्सेटिभ परिसूचक ४.९४ प्रतिशतले बढेको छ ।

कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिदबिक्री भयो । कारोवार भएका कूल १२ समूहमध्ये सामूहिक लगानी कोषको शेयर ०.०८ अङ्कले घटेको छ भने अन्य सबै उपसमूहको शेयर उकालो लागेको छ ।

आज सबैभन्दा बढी जीवनबीमा उपसमूहको शेयर ५१०.९७ अङ्कले बढेको छ । यस्तै बैंकिङ ६८.४७, व्यापार ६५.४७, होटल ९९.५९, विकास बैंक ७४.४४, जलविद्युत् ४८.३२, वित्त २०.६१, निर्जीवन बीमा ४४५.५६, उत्पादन १०९.७९, अन्य १९.२८ र लघुवित्त ११७.२८ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु २३ करोड ६६ लाख ४९ हजार १४१ मा कारोवार भयो । यस्तै एनआइसी एशियाको रु १४ करोड ६६ लाख ५३ हजार ७९६, एनएमबी बैंकको रु १२ करोड २१ लाख ८४ हजार १५०, हिमालयन डिस्टिलरीको रु ११ करोड ८६ लाख ४१ हजार ८४२, नबिल बैंकको रु ६ करोड ६४ लाख ७३ हजार ९५७ र शिवम् सिमेन्ट्स लिमिटेडको शेयर रु पाँच करोड ७३ लाख ९३ हजार ४२७ मा कारोवार भयो ।

आज साल्ट ट्रेडिङ कर्पोरेशन, लक्ष्मी लघुवित्त वित्तीय संस्था, एभरेष्ट इस्सुरेन्स कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाए । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.३४ प्रतिशतले गुमाए । यसैगरी नेपाल फाइनान्स ७.२८, खानीखोला हाइड्रोपावर ५.०८, नबिल समृद्धि फन्ड–१ का लगानीकर्ताले ४.१० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस