मिर्गाैलादाता सङ्ग्रौला घर फिर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मिर्गाैलादाता सङ्ग्रौला घर फिर्ता


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उनकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्केकी छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारीे छ । उनलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिएकी पनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उनको स्वास्थ्यबारे जानकारी लिएर उनी घर फर्केकी छन् ।

दाह्री आफैँ काटे
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज आफैँ आफ्नो दाह्री काटेको जनाउँदै उनको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको उल्लेख गरे । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस