काठमाडौं । जबरजस्ती रङ दल्नुका साथै विभिन्न उछृङ्खल क्रियाकलाप गरेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ७ महिलासहित ८० जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट ७ महिलासहित ५९ जना पुरुष तथा ललितपुर र भक्तपुरमा सात–सात जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र होहल्ला गरेकाले पक्राउ गरिएको हो ।
यद्यपि चाडपर्व मनाउँदा संयमित रहन र नियम मान्न प्रहरीले अनुरोध गर्दै आइरहेको छ ।