प्रदेश ५ का १० वटा अस्पतालमा आइसोलेसन बेड तयार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश ५ का १० वटा अस्पतालमा आइसोलेसन बेड तयार


२६ फाल्गुन २०७६, सोमबार


बुटवल । कोरोना संक्रमित विरामीको उपचार गर्नका लागि प्रदेश ५ मा आइसोलेसन बेड तयार पारिएको छ ।

१० वटा अस्पतालमा आइसोलेसन बेड तयार पारिएको प्रदेश ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ‘हामी तयारी अवस्थामा र सजग छौं, सबैजना त्रासमा होइन सचेत बन्न जरुरी छ’ उनले भने ।

मन्त्रालयले १२ वटा जिल्लालाई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेसन बेड तयारी अवस्थामा राखेको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसोलेसन बेडका रूपमा छुट्याइएको अस्पतालको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनालले बताए ।

बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ । लुम्बिनीमा डा.सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस