४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षदेखि स्वास्थ्य कार्यालयको भवन अलपत्र

अ+ अ-

सोलुखुम्बु । सम्झौता भएको पाँच वर्ष बिते पनि जिल्ला स्वास्थ्य कार्यालयको निर्माणाधीन भवन अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरवाही र निमनकारी निकायको मौनताका कारण उक्त भवन अलपत्र बनेको सर्वसाधारणको आरोप छ ।

विसं २०७१ माघ २० गते दुई वर्षमा निर्माण सक्ने गरी सम्भौता भएको भवन निर्माणको काम अझै २० प्रतिशत बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीको भनाइ छ । उनका अनुसार लामो समयदेखि अलपत्र अवस्थामा छाडिँदा निर्माणाधीन भवनमा प्रयोग गरिएका काठ कुहिएर काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।

निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीका प्रमुख युवराज डाँगीले २०७५ सालको असार मसान्तसम्म भवन निर्माणको काम सक्ने बताउँदै आएको भए पनि त्यो बचन पूरा भएको छैन । उक्त कम्पनीले रु दुई करोड ३८ लाख तीन हजार ५३.३२ को लागतमा निर्माणको जिम्मा लिएको थियो । निर्माण सम्पन्न गर्नुको सट्टा भवन अलपत्र अवस्थामामा छाडेर निर्माण व्यवसायी नै बेपत्ता बन्दा कार्यालय सञ्चालनमा समेत समस्या झेल्नुपरेको निमित्त प्रमुख राजवंशीको भनाइ छ ।

निर्माण कम्पनीले समयमा भवन निर्माण गर्न नसकेको खण्डमा कार्यालयले तिर्नुपर्ने भाडासमेत ठेकेदार कम्पनीले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ‘सम्झौता कार्यान्वयन गर्नु त अलग छ, ठेकेदार युवराज डाँगीलाई हामीले फोन गर्दासमेत उठाउँनुहु’, निमित्त प्रमुख राजबंशीले भने, ‘अहिले हामीले वार्षिक रु चार लाख भाडा तिरिरहेका छाँै, यो राज्यलाई ठूलै घाटा हो ।’

निजी घरमा रहेको हालको कार्यालयमै घरधनीसमेत बस्दा अनेकौँ समस्या आउने गरेको उनको भनाइ छ । ‘घरबेटी हामीसँगै बस्नुहुन्छ, बिदाको दिन पनि गेट खुला हुन्छ’, उनले भने, ‘सुरक्षाको दृष्टिकोणले जोखीम छ ।’ यस विषयमा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाएको भए पनि त्यसको कुनै पनि जवाफ नआएको उनको भनाइ छ । नीलगिरि कम्पनीबाट पेटी ठेकेदार स्थानीय बुद्धि मगरले रु एक करोड ७० लाखमा निर्माणको जिम्मा लिएका छन् । पेटी ठेकेदार मगरले समेत काम गरेअनुसार कम्पनीमार्फत भुक्तानी नपाएको गुनासो गरे । नीलगिरि कम्पनीका प्रमुख डाँगीसँग फोन सम्पर्क गर्दा फोन उठेन ।

प्रतिक्रिया दिनुहोस