छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु , ११ घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु , ११ घाइते


२६ फाल्गुन २०७६, सोमबार


चितवन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । सोही कार्यालयले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १५९२ नंको बस आज बिहान ठक्कर खाएको थियो ।

ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

गैँडाको आक्रमणबाट एकजना गम्भीर
गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ का भोजकुमारी विक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले आज बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ । गैँडाको आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस