२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : इटलीमा मृतकको संख्या ३६६ पुग्यो, ७३७५ सङ्क्रमित

अ+ अ-

रोम । इटलीमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३३ थपिएर ३६६ पुगेको अधिकारीहरूले जनाएका छन्। सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशत बढेर ५८८३ बाट ७३७५ पुगेको छ। आइतबार प्रकोप नियन्त्रणका लागि दशौँ लाख मानिसहरूको निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि उक्त सङ्ख्या थपिएको छ।

लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्राहलय, रात्रि क्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन्। ती निर्णय एप्रिल ३ सम्म लागु हुनेछन्। पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ।

इटलीले ७३१३ जना सङ्क्रमित देखिएको दक्षिण कोरियालाई उछिनेको हो।

इटलीमा पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकाहरूमा सेना प्रमुख पनि छन्। सल्वाटोरे फरिनाले आफू एकान्तमा बसिरहेको र स्वस्थ महसुस गरिरहेको बताए। नयाँ क्वारन्टीनका कडा नियमले इटलीको एक चौथाइ जनसङ्ख्या र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उत्तरी भागको केन्द्र पनि प्रभावित बनेका छन्।

प्रधानमन्त्री कोन्टेले शनिवार मध्यरातमा गरेको घोषणामा भनेका छन्, ‘हामी हाम्रा नागरिकको स्वास्थ्य सुनिश्चित गर्न चाहन्छौँ।’

नयाँ नीतिअनुसार मनिसहरूले मिलान मुख्य सहर रहेको लोम्बर्डी जान र छाड्न पाउँदैनन्।

१४ वटा राज्यमा केही प्रतिबन्धहरू लगाइएका छन्।

हवाई सेवा प्रभावित
मिलानका दुईवटा विमानस्थलमा जहाज अवतरण जारी थियो। तर केही उडान तालिका रद्द गरिएका छन्। इटलीको सरकारी ध्वजावाहक एलइटालियाले मल्पेन्सा विमानस्थलबाट हुने सबै उडान सोमवारबाट रद्द गरिने र लिनाटे विमानस्थलमा आन्तरिक उडान मात्र हुने जनाएको छ।

रोममा उत्रिने र त्यहाँबाट उड्ने अन्तर्राष्ट्रिय उडान जारी रहने उसको भनाइ छ। विश्व स्वास्थ्य सङ्गठनले प्रतिबन्धहरू लगाएर असल योगदान गरेको भन्दै इटलीको प्रशंसा गरेको छ। आइतबारसम्म उत्तरी इटलीमा क्वारन्टीन नीतिले ५० हजार मानिसमात्र प्रभावित थिए।

गत साता सरकारले १० दिनका निम्ति सबै स्कुल र विश्वविद्यालय बन्द गर्ने घोषणा गरेको थियो।

अन्यत्र कस्तो छ ?
विश्वभरी सङ्क्रमितहरूको सङ्ख्या एक लाख सात हजारभन्दा धेरै र मृतकको सङ्ख्या करिब ३६ सय छ।

धेरै मृत्यु चीनमा भएको छ। तर ज्यानुअरी महिनायता दैनिक सङ्क्रमित हुने सङ्ख्या आइतवार सबैभन्दा कम देखिएको छ। त्यसले भाइरसको विस्तारको गति कम भएको सङ्केत दिन्छ।

चीन बाहिर निकै खराब ढङ्गले प्रभावित देशमध्येको एक इरानमा सङ्क्रमितको सङ्ख्या छ हजार ५६६ पुगेको छ भने १९४ जनाको मृत्यु भएको छ।

तर वास्तविक सङ्ख्या निकै बढी हुनसक्ने आशङ्का गरिन्छ। सरकारका एक दूतलाई उद्धृत गर्दै आइतवार एउटा रिपोर्टमा गिलान प्रान्तमा मात्र दुई सयजनाको मृत्यु भएको तर पछि त्यो तथ्याङ्क मेटाइएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस