नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक


२६ फाल्गुन २०७६, सोमबार


दोहा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो ।

कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।

सोमबार बिहानसम्म कतारमा १५ जनामा संक्रमण पुष्टिभएको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनिकोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ । तर ती कुन देशका नागरिक हुन् भन्नेबारेकेही जानकारी दिइएको छैन । कतारमा झन्डै चार लाखनेपाली कार्यरत छन्। कतारमा झन्डैभन्दा सयभन्दा बढी मुलुकका कामदार छन्।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १०० भन्दा देशमा फैलिइसकेको छ । सोमबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २८ जनाको मृत्यु भएको छभने एक लाख १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । करिब ६२ हजार भने निको भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस