२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नागरिकलाई सुरक्षाको अनूभूति गराउनु प्रहरीको दायित्व’

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सङ्गठनले लिएको लक्ष्य र उद्देश्यअनुरुप सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझ बढी संवेदनशील एवं सक्रिय हुनुपर्ने बताए ।

प्रहरी कर्मचारीको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार क्रियाकलाप, व्यावसायिक दक्षता तथा सीपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ । महानिरीक्षक ज्ञवालीले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीको समाधानका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे। उनले हुण्डी कारोवारी, कालोबजारी, चोरी निकासीलगायत अन्य आपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताए ।

प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीले व्यावसायिक निष्ठा तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्ने उनको भनाइ थियो । महानिरीक्षक ज्ञवालीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धलाई सुधार गर्दै समाजमा हुने अपराध नियन्त्रणमा लाग्नुपर्ने बताए।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षाका लागि प्रहरी गम्भीर भएर लागेको बताए । शान्ति सुरक्षालाई थप मजबुत बनाउन समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस