२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची खानेपानी आयोजनामा कोरोनाको असर छैन

अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपुर्‍याएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ ।

आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् । उनीहरु नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए । उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरु त्यसपछि फर्किएका छैनन् । चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् । उनीहरु केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ । उनले भने,’अहिले त्यहाँ भएका जनशक्ति नियमित रुपमा काम गरिरहेका पाइएको छ ।’

सरकारले आगामी असारसम्ममा काठमाडौँमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यही अनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन् । झण्डै दुई सय नेपाली कामदार कार्यरत छन् । तीमध्ये थोरै मात्रै दक्षजनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन् । कम्पनीले गत दुई महिना दैनिक अतिरिक्त समय काम लगाएर र अरु योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस