काठमाडौं । कुवेत र माल्टा पठाइदिन्छु भनेर साढे २ करोड ५० लाख भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले अर्घाखाँची छत्रदेव गाउँपालिका-७ भगवती घर भएका ३८ बर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ ।
३४ जना व्यक्तिलाई कुवेत र २६ जनालाई माल्टा पठाइदिन्छु भनेर उनले २ करोड ५० लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
शुक्रबार नेपालगञ्जमा पक्राउ परेका उनलाई काठमाडौं ल्याई ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।
काठमाडौंमा रहेको सिटी सेन्टरको मसाज सेन्टरलाई म्यानपावरको रूपमा देखाउँदै ३० देखि ४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले उठाएर भागेको भन्ने उजुरी परेको प्रवक्ता बोगटीले बताए ।