डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले नोभल कोरोना भाइरस सङ्क्रमण बाट बच्न सार्वजनिक स्थानहरूमा भिडभाड, भेला जमघट, मेला महोत्सव नगर्न सरोकारवाला तथा सर्वसाधारणलाई अपिल गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
बिहीबार एक सूचना जारी गदै प्रशासन कार्यालयले उक्त अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा कोरोना भाइरस सङ्क्रमण हाल विश्वका धेरै मुलुकहरूमा बिस्तार भइरहेको ।
यस्तै सङ्क्रमणबाट अत्यधिक मानिस सङ्क्रमित भएको र ३ हजार भन्दा बढी व्यक्तिहरूको मृत्युसमेत भइसकेको ब्यहोरा विश्व स्वास्थ्य सङ्गठनले पुष्टि गरिसकेको छ । विश्व भरिनै उच्च जोखिम रहेको वर्तमान अवस्थामा नेपाल यसबाट जोखिमयुक्त रहन नसक्ने कुरा सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ उल्लिखित परिस्थितिलाई मध्यनजर गरी जिल्ला भित्र सार्वजनिक स्थानहरूमा धेरै भिडभाड, भेला, जमघट तथा मेला महोत्सव जस्ता कार्यक्रमहरू नगर्न नगराउनका साथै स्वास्थ्य अवस्थाबारे सचेत रही अग्रिम सतर्कता अपनाउन सरोकारवालाहरू लगायत सर्वसाधारणलाई प्रशासनले अनुरोध गरेको हो ।