रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


प्रशासन संवाददाता

२२ फाल्गुन २०७६, बिहिबार


मुग्लिन । चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो १ः४५ बजे नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना३०प ९५६९ नंको मोटरसाइकल सोही स्थानमा रोकिराखेको ना७ख ४९५१ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक नवलपुर कावासोती–९ बस्ने वर्ष ३८ को नरबहादुर थापाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आज २ः२५ बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए । उक्त दुर्घटनामा दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार मृतकका छोरा पाँच वर्षका विवश थापा र सोही स्थानका २७ वर्षका अमृत बोहोरा रहेका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस