वितरण लाइन सुधारका लागि ललितपुरमा विद्युत् कटौती « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

वितरण लाइन सुधारका लागि ललितपुरमा विद्युत् कटौती


२२ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । वितरण लाइन सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले आजदेखि आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी क्षमताको लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले आजदेखि हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म लाइन काटिने हुँदा उक्त फिडरअन्तर्गत फर्सिडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा विद्युत् काटिनेछन् । सो फिडरबाट वितरित लाइनमा बढी समस्या आएपछि प्राधिकरणले सुधारको काम अगाडि बढाएको हो । विद्युत् कटौतीका कारण ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । प्राधिकरणले पछिल्ला दिनमा राजधानीमा वितरण प्रणालीको सुधारलाई तीव्र पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस