काठमाडौं । राज्य व्यवस्था समितिले बोलाएको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएपछि बैठक स्थगित गरिएको छ । सेनाभित्रको अनियमितताबारे छलफल गर्न रक्षामन्त्री ईर प्रधानसेनापतिलाई बैठकमा बोलाइएको थियो ।
बैठकमा रक्षा मन्त्रालयको तर्फबाट सचिव रेश्मीराज पाण्डे र सेनाका रथी सरद गिरीको नेतृत्वमा सहभागी भएका थिए । तर राज्य व्यवस्था समितिको बैठकमा तालुकदार मन्त्री पोखरेल र प्रधानसेनापति थापालाई बोलाएपनि नआएपछि बैठक स्थगित गरिएको सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
सम्बन्धित व्यक्तिविना छलफलको औचित्य नहुने भन्दै बैठक स्थगित गर्न सांसदले माग गरेपछि बैठक स्थगित गरिएको हो ।
पूर्वप्रधानसेनापति क्षत्रीविरुद्ध २०७६ भदौ १२ गते आर्थिक अनियमितता सम्बन्धी समितिमा उजुरी परेको थियो।
जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो राख्दै सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गठन गरेको थियो। कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो ।
बुधबार सत्तारुढ नेकपाका सांसदद्वय रेखा शर्मा, नवराज सिलवाल तथा प्रमुख विपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडू सदस्य रहेको कार्यदलले ५० वटा उजुरी छानबिन गरी समितिलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनको २५ नम्बर बुँदामा मुख्यालयमा निर्माणका क्रममा भएको अनियमितालाई संक्षित उल्लेख गरिएको छ ।
कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो।
कार्यदल प्रतिवेदनले पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्रीमाथि सम्पत्ति सुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनको लागि पत्र पठाउन समितिलाई सुझाव दिएको छ।