हुलाकी राजमार्ग निर्माणमा प्रयोग हुँदै आएका ६ गाडीमा आगजनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुलाकी राजमार्ग निर्माणमा प्रयोग हुँदै आएका ६ गाडीमा आगजनी


२२ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । हुलाकी सडक सिनर्माणमा प्रयोाग हुँदै आएका ५ गाडीमा आगजनी भएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको छ ।

आगजनी भएका गाडीहरु हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका भएको जनाएको । आगजनीका कारण सबै गाडीहरु जलेर पूर्णरुपमा नष्ट भएका छन् । कृष्णनगरबाट आएको दमकलले आगो निभाएको थियो ।

सडक निर्माणमा खटिएका कामदारहरुलाई कोठाभित्रै थुनेर राति करिब १ बजे अज्ञात समूहले गाडीहरुमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएका छन् ।

आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस