काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजू कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृतत्त, चापागाउँका प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजुले एक युवतीलाई डर, धाकधम्की दिँदै बलात्कार गरेको आरोप छ ।
ती युवतीले प्रहरीलाई दिएको प्रारम्भिक जानकारीमा आफूलाई कसैले केही गर्न नसक्दै भन्दै डीएसपी खिउजुले पटकपटक जवर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।
खिउजुले युवतीलाई कार्यकक्षमै पहिलोपटक बलत्कार गरेको युवतीको दाबी । त्यसपछि पटकपटक बलात्कार गरेको बताइएको छ ।