१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यक्रम स्थगित, सभा–सम्मेलनमा रोक

अ+ अ-

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित विष्णु दल गणले यही फागुन २४ गते ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सन्दर्भमा आयोजना गर्न लागेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम स्थगन गरेको छ ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका पदमार्गहरुको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम धुलिखेलदेखि पनौतीसम्म एक हजार ३०० व्यक्तिमार्फत पर्यटन वर्षको प्रचारप्रसार तथा ऐतिहासिक स्थानको अवलोकनसहितको पदयात्रा कोरोना भाइरसको सम्भावित जोखिमका कारण स्थगन गरिएको गणले जनाएको छ ।

जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ अर्थात् कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै उक्त रोग सर्न नदिन, रोगबाट बच्न नागरिकलाई सुरक्षित रहन र भेला, सभा, सम्मलेन तथा गोष्ठी नगर्न आग्रह गरेको छ । साथै विवाह, व्रतबन्ध, सूर्यदर्शनजस्ता धार्मिक सांस्कृतिक कार्यक्रममा समेत कम सहभागी हुनसमेत अनुरोध गरिएको छ ।

बनेपा नगरमा आजदेखि चैत २ गतेसम्म आयोजित बृहत् घरेलु उद्योग महोत्सव स्थगन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको आकस्मिक बैठकले महोत्सव स्थगन गर्ने निर्णय गरेको हो । समितिले अर्को निर्णय नहुँदासम्म जिल्लामा ठूला जमघट हुने विद्यालय तथा कलेजका वार्षिकोत्सवलगायत कुनै पनि मेला, महोत्सवजस्ता भीडभाड हुने कार्यक्रम नगर्न/नगराउन सबै स्थानीय तह र प्रशासनलाई अनुरोध गरिएको जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले बताए ।

जिल्लामा रहेका अस्पताललाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । नजिकिँदो फागु पूर्णिमा (होली)मा समेत समूह बनाई लोला तथा रङ मिसिएको पानी प्रयोग नगर्न जिल्लावासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनले भने, ‘हामीले जिल्लामा उच्च सतर्कता अपनाउने निर्णय गरेका छौँ ।’

यसैबीच धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ‘आइसोलेसन वार्ड’ सञ्चालनमा ल्याइने भएको छ । कोरोना भाइरस सङ्क्रमण देखिनसकिएको भए पनि दुवै अस्पतालमा पाँच/पाँच श्ययाको वार्ड व्यवस्थित गरी पूर्वतयारी गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले बताए । उनका अनुसार कार्यालयमार्फत स्थानीय तहस्थित स्वास्थ्य संस्था तथा अन्य स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस