२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज, सम्पूर्ण तयारी पूरा

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज हुने भएको छ । आज बिहान ९ बजेदेखि उनको मिर्गौला प्रत्यारोपण काम सुरु हुने छ ।

सोमबार भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले जानकारी दिएका छन् ।

युरोलोजिस्ट डा. उत्तम शर्मा, डा. प्रेम ज्ञवाली, डा. पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्तकुमार पनि सहभागी हुनेछन् । नेपाल मेडिकल काउन्लिले भारतीय चिकित्सक डा. अनन्तकुमारलाई मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि चलाउन थालिसकेको बताउँदै डा.खड्गाकाले मिर्गौला प्रत्यारोपण गर्नुअघि गरिने नियमित डाइलासिस भइसकेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीको क्रसम्याच, नियमित परीक्षण, विशेषज्ञहरूबाट हुने परीक्षण पनि भइसकेको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौलाको पनि मङ्गलबार स्वास्थ्य परीक्षण गरिएको छ।

अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआइपी क्याबिनको ६०१ नम्बरमा प्रधानमन्त्री ओलीलाई राखिएको छ ।

निर्देशक डा. खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी २० जनाको टोली खटिने छ ।

प्रतिक्रिया दिनुहोस