पूर्वराजाले गरे प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वराजाले गरे प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् ।

मंगलबार प्रमुख सचिव पशुपति भक्त महर्जन शाहको सन्देश लिएर शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।

शाहले ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले महर्जनमार्फत शाहले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए । ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस