भर्ना अभियान र्‍यालीमा जाँदा विद्यार्थीको लडेर हात भाचियो, आर्थिक अभावका कारण उपचार भएन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भर्ना अभियान र्‍यालीमा जाँदा विद्यार्थीको लडेर हात भाचियो, आर्थिक अभावका कारण उपचार भएन


२० फाल्गुन २०७६, मंगलबार


डोल्पा । डोल्पामा एक विद्यालयले विद्यार्थीहरुलाई र्‍यालीमा लिदा बाटोमा लडेर एक विद्यार्थीको हात भाचिएको छ ।

मुड्केचुला गाँउपालिका–५ मा रहेको डाँफे आधारभुत विद्यालयले नया शैक्षिक सत्रको लागि भर्ना अभियानमा लिएका एक विद्यार्थीको लडेर हात भाँचिदा हड्डी फुटेको हो ।

विद्यालयको भर्ना अभियानको र्यालीमा गएका ६ वर्षिय अँगद बोहोराको दाया हातको हड्डी लेडर फुटेको हो ।

जिल्ला अस्पताल डोल्पामा उपचारका लागि ल्याएका बालकलाइ उपचार गर्न नसक्ने भन्दै नेपालगञ्ज पठाएपछि उनका अभिभावक चिन्तित भएका हुन ।

न्यून आएस्तर भएका परिवारको बालकको उपचार गर्न ६० हजार भन्दा धेरै लाग्ने भएपछि आमा बुबा बमबहादुर बोहोरा अत्तिएका छन ।

भाडाको जोहो आफुले गरेर नेपालगञ्ज सम्म पठाएको पनि थप उपचार हुन नसकेको र छोराको उपचार हुन्छ की भनेर बुबाले हाल नेपालगञ्जमा भौतारिरहेको आफन्त मिनराज बुढाले जानकारी दिए ।

उता विद्यालयले भने बालको जिम्मो नलिने र उपचार अभिभाकले नै गर्नुपर्ने बताए बुढाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस