२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं २ : निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी

अ+ अ-

धनुषा । प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार नाम र राजधानीको टुङ्गो लगाउन यही फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानीबारे टुङ्गो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको हो । सभामुख सरोजकुमार यादवले करिब तीन महिनादेखि अवरुद्ध प्रदेशसभा बैठक यही फागुन २२ मा बोलाइएको बताए। उनले फागुन २२ गते दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने बताए ।

सभामुख यादवले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया शुरु हुने जानकारी दिए। उनले प्रदेशको नामकरणका लागि चार र राजधानीका लागि तीन प्रस्ताव दर्ता भएको भन्दै सबै प्रस्तावमा छलफल गरेर दुईतिहाइ मतबाट पारित गर्ने बताए।

प्रदेश नं २ को स्थायी राजधानीबारे सबै दल एकमत भए पनि प्रदेशको नाममा सहमति हुनसकेको छैन । प्रदेशको स्थायी राजधानी र नामकरण सर्वसम्मतरूपमा राख्न संसदीय दलबीच विवाद देखिएपछि सभामुख यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । सो समितिले प्रदेशको राजधानीको टुङ्गो लगाए पनि प्रदेशको नामकरण भने टुङ्गो लगाउन सकेको छैन । समितिको पहिलो बैठक शुरु भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो ।

सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेशको नामकरण ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन् भने प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘जानकी’ र नेपाली काँग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेका छन् । प्रदेशको नामकरणबारे सहमति जुटाउन पटक–पटक बसेको समितिको बैठकमा सत्तारूढ दल मधेश प्रदेशबाट पछि हट्न तयार भएन भने विपक्षी दल पनि आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि सहमति जुट्न नसकेको हो ।

मधेश जोड्दै नेकपाले जानकी–मधेश र काँग्रेसले मिथिला–मधेश नामकरण गर्न सत्तारूढ दललाई सुझाएका थिए । प्रदेश नं २ मा सत्तारूढ दल समाजवादी पार्टीको ३० र राजपा नेपालको २५ सदस्य छन् भने प्रमुख विपक्षी दल नेकपाका ३२, काँग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको सङ्घीय समाजवादी फोरमका एक सदस्य प्रदेशसभामा छन् ।

प्रतिक्रिया दिनुहोस